राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको लिङ्देनको आरोप

डिसी नेपाल
१८ चैत २०८१ १४:१८
132
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसंग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप बताएका हुन्।

उनले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभइ जनताले व्यवस्था उल्टाउने तर्क गरे। लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप लगाए। हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवाशक्तिलाई नहोच्याउन उहाले चेतावनी दिए।

त्यस्तै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानविनका लागि न्यायीक आयोग गठन हुनुपर्ने माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *