ट्रम्पको आक्रोशपछि रुसले भन्यो ‘अझै पनि अमेरिकासँग काम गरिरहेका छौं’

डिसी नेपाल
१९ चैत २०८१ १३:०८
1.2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा असन्तुष्टि व्यक्त गरेपछि रुसको पहिलो प्रतिक्रिया आएको छ। रुसले अझै पनि ‘अमेरिकासँग काम गरिरहेको’ बताएको छ।

“हामी अमेरिकी पक्षसँग काम गरिरहनेछौं, सबैभन्दा पहिले हाम्रो सम्बन्ध सुधार गर्न,” रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले भने।

उनका अनुसार यस हप्ता पुटिन र ट्रम्प बीच वार्ताको कुनै योजना छैन तर पुटिन “आवश्यक परेमा” तयार छन्।

आइतबार एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको बताएका थिए।

ट्रम्पले अन्तर्वार्तामा भनेअनुसार यदि पुटिन युद्धविराममा सहमत भएनन् भने, उनले रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत भन्सार लगाउन सक्छन्।

ट्रम्पले रुसी राष्ट्रपतिको आलोचना गरेकोमा आफ्नो पहिलो प्रतिक्रियामा, क्रेमलिनले दुई नेताहरू बीचको तनाव कम गर्ने प्रयास गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *