देशको गुप्तचर एजेन्सीको अफिसकै अगाडि पुटिनको पछुवा कार विष्फोट

डिसी नेपाल
२० चैत २०८१ १६:०९
2.9k
Shares

काठमाडौं । मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सवारीमा रहेको कारमा विस्फोट भएको छ। यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय बाहिर भएको थियो। यो एक लक्जरी लिमोजिन कार थियो। रिपोर्टका अनुसार आगो कारको इन्जिनमा लागेको थियो र त्यसपछि भित्र फैलिएको थियो।

यद्यपि, यो दुर्घटना हुँदा यो कार पुटिनको सवारीको हिस्सा थिएन र पुटिन यस कारको नजिक पनि थिएनन्।

यो हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्र थियो भन्ने अझै स्पष्ट भएको छैन। घटनापछि राष्ट्रपति कार्यालयमा पुटिनको सुरक्षालाई लिएर चिन्ता बढेको छ। मार्च २६ मा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिन चाँडै मर्ने दाबी गरेका थिए ।

राष्ट्रपति पुटिनले प्रायः यो लिमोजिन कार प्रयोग गर्छन्। उनले गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनलाई विलासी लिमोजिन कार उपहार पनि दिएका थिए। यो रूसमा बनेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *