नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।
सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरुको रक्षा गरेर अगाडि बढ्छौं।’
साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए। उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए।
उनले भने, ‘प्रकृतीको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने आफ्नै खालको मेकानिजम छ। प्रदूषण भयो भने सफा गर्दै लगिन्छ। जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ। प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण छ। हामी विकासमा अलि पछाडि छौं। आज आएर पछाडि परेको होइन्, इतिहासदेखि नै पछाडि पारियो।’
यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए। उनले ३०/३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए।
उनले भने, ‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो। जसले शिक्षालाई बन्देजको विषय बनाइदियो। महिलाहरुलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण स्रोतहरुलाई कब्जा गरियो। जनताका बारेमा कुनै शासकले सोचेनन्। जसका कारण नेपाल गरिब भयो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment