लेक लागेर पर्यटकको मृत्यु
मनाङ। तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो।
आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले राससलाई बताए।
दिवंगत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिए। शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौं पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment