छिमेकीको हत्या गरी साधु भेष, १७ वर्षपछि पक्राउ

डिसी नेपाल
२७ चैत २०८१ ६:३९
3.0k
Shares

काठमाडौं । जग्गा विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन्।

छिमेकी ढोडा मुखिया विनको २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारी बनेर बसेका थिए।

हत्यापश्चात फरार भएका उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो। नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले उनलाई सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *