बागमतीमा डुबेर युवकको मृत्यु

डिसी नेपाल
२७ चैत २०८१ ११:०२
480
Shares

रौतहट । रौतहटको बागमती नदीमा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। बागमती नदीको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो।

वृन्दावन नगरपालिका-१ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

अत्याधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन्। स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मंगलवार बेलुका ज्यान गएको हो।

खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *