गाडीको ठक्करबाट श्रीमतीको निधन, श्रीमान् घाइते

डिसी नेपाल
२७ चैत २०८१ १३:२१
3.6k
Shares

टीकापुर । कैलालीको जानकी गाउँपालिका-५ अमौरामा आज हाइस गाडीले ठक्कर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइसले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका-५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो।

साइकल चलाइरहेका मृतकका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएको छन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको बताए।

टीकापुरबाट लम्कीतर्फ गइरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गइरहेका दम्पत्तीलाई ठक्कर दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *