रवि लामिछानेको मुद्दा ढुंगानाको इजलासमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको बिरूद्द सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधीश ढुंगानाको इजालासमा परेको हो।
गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment