मकवानपुरमा चट्याङ लागेर युवकको मृत्यु

डिसी नेपाल
३१ चैत २०८१ १७:५०
184
Shares

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङ छन्।

आइतबार दिउँसो करिब ४ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित राप्तीखोलाको किनारमा-५ नम्बर वडाकै डिल्लीपुरबाट घरतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। चट्याङ लागेर उनका बुबासहित एक जना बालक घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *