महिलाको शव फेला
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा महिलाको शव फेला परेको छ। साँगुरीगढी-१० स्थित घुम्ती खोलामा महिलाकाे शव फेला परे पनि पहिचान खुल्न सकेको छैन।
घटनाको प्रकृति हेर्दा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। तराई मुलकी जस्तो देखिने मृतक महिलाको उमेर अन्दाजी ४०/ ४५ वर्ष हुन सक्ने प्रहरीको भनाइ छ।
मृतकको पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment