धार्मिक सहिष्णुताको अपिल गर्दै शुभकामना आदानप्रदान
काठमाडौं। नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा एकल व्यक्तित्व समाज नेपालले समाजिक सद्भाव कायम गर्न आग्रह गर्दै शुभकामना आदानप्रदान गरेको छ।
आइतबार साँझ एकल व्यक्तित्व समाजले सामाजिक सद्भाव कायम गर्न आग्रह गर्दै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो।
एकल व्यक्तित्व समाजका अध्यक्ष कपिल लोहनीले मुलुकको वीरगञ्जमा देखिएको धार्मिक असहिष्णुतालाई अन्त्य गर्दै आपासी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
अध्यक्ष लोहनीले नेपालमा मुस्लिमको इतिहासका विषयमा प्रकाश पार्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा हतियार बनाउने उद्देश्यले मुस्लिम समुदायलाई गोरखामा ल्याएर राखिएको बताए। उनले अहिले पनि नेपाली सेनामा मुस्लिम समुदायले हतियार उत्पादन गर्ने काम गरिरहेको उनको भनाइ थियो।
मुस्लिम समुदायलाई कतिपयले कट्टर समुदायको संज्ञा दिने गरेको भएपनि व्यवहारमा उनीहरु त्यस्तो नभएको उनको भनाइ थियो। विश्वसमा दोस्रो ठूलो धर्म रहेको इस्लाम नेपालमा आपसी भाइचार अभिवृद्धि गर्न लागिपरेको उनले जनाए।

अध्यक्ष लोहनीले विगतमा वर्षहरुमा पनि विभिन्न धर्मका धार्मिक गुरुलाई बोलाएर कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिए।
कार्यक्रममा मस्लिम समुदायका दुई जना मौलानालाई अतिथि बनाइएको थियो। वक्ताका रुपमा बोलाइएका अतिथि अजिजर रहमान र तसबुर हुसेनले इस्लाम धर्मका विषयमा प्रकाश पारेका थिए।
उनीहरुले इस्लाम धर्म हत्या र हिंसामा विश्वास नगर्ने भन्दै आफूहरु अल्लाहले अह्राएको काम गर्ने बताएका थिए। उनीहरुले धार्मिक सहिष्णुता अहिलेको आवश्यकता भएकोमा जोड दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment