बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

डिसी नेपाल
१ वैशाख २०८२ २१:१९
116
Shares

पाल्हीनन्दन (नवलपरासी ब सु प)। पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ।

शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक संघका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए। क्षतिको एकिन विवरण संकलनको काम भइरहेको उनले बताए।

श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन्। केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन्।

बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *