चट्याङ लागेर एकै परिवारका चार जना घाइते

डिसी नेपाल
२ वैशाख २०८२ ६:४०
196
Shares

संखुवासभा। जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन्। खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन्।

सोमबार बेलुकी साढे ४ बजे पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर खाँदबारी-९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए।

घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *