दुई किशोरमाथि छुरा प्रहार, दुई जना पक्राउ
धनकुटा । धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन्। धनकुटा नगरपालिका–५ बिहीबारे हाट नजिक सोमबार राति साढे ११ बजे स्थानीय १७ वर्षीय आयुष राई र कुशल राईमाथि छुरा प्रहार भएको थियो।
कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ। कुशललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ। आयुषको भने जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ।
घटनामा सम्लग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment