लागूऔषधसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२ वैशाख २०८२ १३:४६
4.0k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन पक्राउ परेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

भारतीय नागरिक भिसाक थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका थिए। गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा गाँजा भेटिएको राठौरले बताए। भिजयनलाई थप अनुसन्धानका लागि लागूअषौध ब्यूरो कोटेश्वर पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *