काठमाडौं उपत्यकामा भूकम्पको धक्का

डिसी नेपाल
३ वैशाख २०८२ ६:३७
16.1k
Shares

काठमाडौं। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। केन्द्रका अनुसार मंगलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन। केन्द्रका अनुसार गत चैत २१ गते साँझ ( ०८ः०७ बजे) र (०८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो। सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो। चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *