सैनिक भन्दै करणी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।
तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका–७ बाट पक्राउ गरिएको जानकारी दिएको छ। उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
तामाङ यसअघि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment