२४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ

डिसी नेपाल
४ वैशाख २०८२ १२:३२
516
Shares

सर्लाही । लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलोग्रामसहित सोही नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *