सात तोला सुनसहित एक जना पक्राउ
स्याङ्जा । सात तोला ९६ लाल सुनसहित स्याङजा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय प्रदीप अर्याल रहेका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमानामा रहेको राम्दी चेकपोष्टमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्।
अर्याललाई बुधबार साँझ गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको ग.१ ज. ८८०९ नम्बरको सवारी भ्यानमा रहेका अर्यालसँग रहेको भ्याट बिल नभएको ७ तोला ९६ लाल सुन जस्तो देखिने पहेँलो धातु भेटिएकाले पक्राउ गरिएको प्रहरीको भनाई छ। प्रहरीले उनीमाथि थप अनुसन्धान थालिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment