गाँजासहित एअरपोर्टबाट श्रीलंकन नागरिक पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जना परेका छन्।
करिब ५ किलो २ सय ग्राम गाँजासहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट गाँजा फेला पारी पक्राउ गरिएको हो।
उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment