तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गरियोस् : कमल थापा

डिसी नेपाल
४ वैशाख २०८२ १८:४७
48
Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।

पक्राउ परेकाहरू कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन्। परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा,रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारीलगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ।

पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरूलाई भेट गर्दै थापाले यस्तो धारणा व्यक्त गरेका छन्। उनले थपे, ‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आइपुगेका छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *