दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
५ वैशाख २०८२ १२:३६
10.5k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सुनसरीको दुहबी नगरपालिका-३ स्थित सडकमा को.३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभि गाडी सडक भन्दा करिब २ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाही बागमती नगरपालिका-७ बस्ने १३ वर्षीया मानुसी मगरको घटनास्थलमै र गम्भीर घाइते भएकी रौतहट घर भएकी ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार ४ जनाको हेटौंडा अस्पतालमा र ९ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, सर्लाहीको कविलासी नगरपालिका-७ गैर चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्रजित महराको मृत्यु भएको छ। बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *