लागूऔषधसहित डाक्टर पक्राउ
धनगढी । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागूऔषधसहित पक्राउ परेका छन्।
आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन्।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment