२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्। पृथ्वी पथको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले उक्त दाबी गरेका हुन्।
‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ। त्यही हो कुरा,’ उनले भनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment