कृष्णभीरबाट गुड्दै गरेको मोटरसाइकल त्रिशूलीमा खस्यो
काठमाडौं । कृष्णभिरबाट यात्रु सवार मोटरसाइकल त्रिशुली नदीमा खसेको छ।
आइतबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा परेका एक पुरुषको प्रहरीले नदीबाट अचेत अवस्थामा उद्धार गरेको छ। उद्धार गरिएका व्यक्तिको साथमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएका मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment