गायक प्रमोद खरेलको को “पीडा” सार्वजनिक

डिसी नेपाल
८ वैशाख २०८२ १२:५१
872
Shares

काठमाडौं। नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पीडा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ।

मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियो मा, बिक्रम बुडाथोकि,कुसुम शर्मा, तुलसि खड्काको अभिनय रहेको छ। भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन्। म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ।

भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *