राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गऱ्यो नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन

डिसी नेपाल
९ वैशाख २०८२ १९:५५
28
Shares

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको छ। मंगलवार काठमाडौंको अनामनगरस्थित किम्ची रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै भित्तेपात्रो सार्वजनिक गरिएको हो।

भित्तेपात्रो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि गोकर्णोश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालसँगै संस्थाका निवर्तमान अध्यक्ष हरिवल्लब नेपाल, अध्यक्ष चन्द्रमणी गौतमलगायतका अतिथिले सामूहिक विमोचन गरे।

प्रमुख अतिथी रिसालले नेपालको भाषा संस्कृति रितिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले धेरै राम्रो काम गर्दै आएको र यस ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका, वडा २९ का अध्यक्ष कुस कुमार ढकाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली , गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नवराज लामा , पर्ल्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा , बाग्मती अभियान्ता दुर्गा सापकोटा, कुलेखानी ड्याम साइट होटलका सञ्चालक हिरा गोपाली लगायतका अतिथीको उपस्थिती रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *