आगलागीबाट चार वर्षीय बालकको मृत्यु

डिसी नेपाल
१२ वैशाख २०८२ १९:३७
324
Shares

तम्घास (गुल्मी)। जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ। धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन्। बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो’, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भने।

आगलागीबाट ढुंगा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *