लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय संतोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन्। प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५ सय ८० ग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment