कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

डिसी नेपाल
१४ वैशाख २०८२ १७:१२
1.4k
Shares

धनगढी । नेपाली कांग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटनामा परेको छ।

भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको छ। तीन जनालाई धनगढी ल्याइदैछ।

परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आइतबार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको र गाडी पुरै क्षतिग्रस्त भएको बताइएको छ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *