सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन

डिसी नेपाल
१६ वैशाख २०८२ २२:५३

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीच मंगलबार भएको वार्ता अनिर्णित टुंगिएको हो।

वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत सहभागी भएका थिए। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो।

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा मंगलबार पुनः वार्ता भएको थियो। शिक्षक संगठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *