नागरिक उन्मुक्ति सरकारबाट बाहिरिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ।
पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेसँगै नाउपा सरकारबाट बाहिरिने प्रवक्ता दामोदर पण्डितले बताए।
सरकारले आफ्नो दलको संरक्षकलाई पक्राउ गरेसँगै दिइएको समर्थन फिर्ता लिइने उनले बताए। उनले आफूहरू सरकारबाट चाँडै बाहिरिने बताएका हुन्।
नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।
नाउपा संरक्षक चौधरी आज मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment