राजतन्त्र जनताको संघर्षबाट भूतप्रेत भइसक्यो, अब कहिल्यै फर्किदैन : प्रधानमन्त्री

डिसी नेपाल
१७ वैशाख २०८२ १६:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक धेरै अघि बढिसकेकाले तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका हुन्।

उनले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे। राजा हुने सपना कसैले देख्छ भने त्यो केवल सपना मात्रै हुने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे।

राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *