रोजगारी बृद्धि गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई देउवाको सुझाव

डिसी नेपाल
१८ वैशाख २०८२ १२:१६
68
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताएका हुन्।

आफ्नै देशमा ज्ञान सिपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उनले बताए। उनले असंगठित श्रमिकहरुको पहिचान गरि पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको जनाए।

उनले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले मुलुकको परिवर्तनमा श्रमिकहरुको महत्वपूर्ण योगदान गरेको भन्दै उनीहरुको अधिकार स्थापीत गर्न कांग्रेस सदैव क्रियाशिल रहेको जनाए।

योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि समावेश गर्नु चूनौति रहेकाले यसलाई ध्यान दिनुपर्ने उनले बताए। उहाले श्रमिक आयोग गठनका लागि कांग्रेसले निरन्तर पहल गर्ने जानकारी दिए।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको संघर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *