प्रदीप नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ,’ उनको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भनेका छन्।
पूर्वमन्त्रीसमेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो। पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment