प्रधानमन्त्रीसँग एशियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

डिसी नेपाल
२३ वैशाख २०८२ १८:०९
76
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियाली भुक्तानी नेटवर्क (एपिएन) को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन्।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *