भारतीय आक्रमणमा पाकिस्तानका स्क्वाड्रन लिडरसहित ११ सैनिक मारिए
काठमाडौं । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर) ले गत हप्ता भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ सैनिक मारिएको बताएको छ।
मंगलबार जारी गरिएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ – भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएका छन्।
आईएसपीआरले जारी गरेको विज्ञप्ति अनुसार, मे १० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका थिए।
विज्ञप्तिमा भनिएको छ – मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्। घाइतेहरूमा १० महिला र २७ बालबालिका छन्।
झण्डै चार दिनको लडाईंपछि, भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरे।
यसअघि सोमबार, केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआइएसएफ) मुख्यालयले एक्समा ‘अपरेशन सिन्दूर’ मा आठ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको बताएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment