पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

डिसी नेपाल
३१ वैशाख २०८२ १३:५२
3.5k
Shares

काठमाडौं । पाकिस्तानले मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ अर्थात् अवांछित व्यक्ति घोषणा गरेर भारतविरुद्ध बदला लिएको छ।

यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको थियो। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ती अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो।

यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ , “पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ। ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ।”

जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भयो। मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *