भारतीय वनमन्त्री यादव नेपालमा
काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन्।
उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्। आज अपराह्न काठमाडौं आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सुरु हुँदैछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment