ट्रम्पले दोहामा भने ‘भारत पाकिस्तान युद्ध मैले नै रोकेको त भन्दिन सहयोग भने गरें’
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा अमेरिकी सैनिकहरूलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले भारत र पाकिस्तान बीचको समस्या समाधान गर्न आफूले सहयोग गरेको कुरा फेरि दोहोर्याए।
“म भन्दिन कि मैले नै समाधान गरें, तर मैले गत हप्ता भारत र पाकिस्तान बीच बढ्दो तनाव समाधान गर्न निश्चित रूपमा मद्दत गरें,” ट्रम्पले भने।
“परिस्थिति झन् झन् तनावपूर्ण हुँदै गइरहेको थियो र अचानक, तपाईंले त्यहाँ विभिन्न प्रकारका मिसाइलहरू देख्न थाल्नुभयो, तर हामीले यो पत्ता लगायौं,” ट्रम्पले भने।
अमेरिकी राष्ट्रपतिले भने, “मलाई लाग्छ यो समाधान भइसकेको छ। हामीले उनीहरू (भारत र पाकिस्तान) सँग व्यापारको बारेमा पनि कुरा गर्यौं। भन्यौं – युद्ध होइन, व्यापार गरौं। पाकिस्तान यसबाट धेरै खुसी थियो, भारत पनि यसबाट धेरै खुसी थियो र मलाई लाग्छ कि उनीहरू अब सही दिशामा अघि बढिरहेका छन्।”
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको द्वन्द्वपछि, मे १०, शनिबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरे।
केही समयपछि पाकिस्तानले पनि युद्धविरामको बारेमा कुरा गर्यो र अमेरिकालाई धन्यवाद दियो।
भारतले पनि सोही दिन सैन्य कारबाही रोक्न आह्वान गरेको थियो, यद्यपि यो घोषणा गर्दा अमेरिकाको उल्लेख गरिएको थिएन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment