बानेश्वरमा कारको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
२ जेठ २०८२ १२:२५
3.4k
Shares

काठमाडौं । बानेश्वरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ९ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वरको कात्यानीचोकमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका तीन वर्षीय बालक शिवांस झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

बा.प्र.०१-०३१ च ९५६३ नम्बरको कारले बालकलाई ठक्कर दिएपछि तत्कालै सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।

प्रहरीले कार र काठमाडौं-३१का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *