कांग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनित
काठमडाौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन् ।
विभागको सदस्यहरुमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी) मनोनित भएका छन् ।
त्यस्तै रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु),गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके), तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनित भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment