‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन’
जलेश्वर (महोत्तरी)। नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताए।
नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरुप हुने उल्लेख गरे ।
उनले पार्टीभित्रको संगठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment