क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुन माधव नेपालको आह्वान
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरूलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन्।
अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरूलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरेका हुन्।
उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरूलाई म भन्न चाहन्छु सबैखालका संकिर्णबाट मुक्त हुनुस्। आफ्ना कमीकमजोरीलाई सुधार्ने आँट गर्नुहोस। सबैलाई एकतावद्ध बनाएर अघि बढ्ने फराकिलो दृष्टिकोण राख्नुहोस। कुनै आग्रह पाल्नुपर्ने छैन्, कुनै पूर्वाग्रह राख्नुपर्ने छैन र कमी कमजोरीबाट मुक्त हुनैपर्छ।’
नेपालले विगतमा भएका आन्दोलनको सफलतालाई उपयोग गर्न नसकेर गल्ती गरेको भन्दै आफ्नो देशको विशेषतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment