के भारत र पाकिस्तान बीचको युद्धविराम आज समाप्त हुनेछ ? के फेरि युद्ध सुरु हुन्छ ?
काठमाडौं । भारत र पाकिस्तानबीच जारी युद्धबिराम आइतबार समाप्त हुन लागेको दाबी गरिएका मिडिया रिपोर्टहरूको विषयमा भारतीय सेनाले प्रतिक्रिया जनाएको छ।
भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ, “आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन।”
विज्ञप्तिमा थप भनिएको छ “जहाँसम्म मे १२ मा भएको डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन।”
जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भयो। मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम सम्झौताको घोषणासँगै समाप्त भयो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment