जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

डिसी नेपाल
४ जेठ २०८२ १४:२५
68
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट नरहेको बताइन्।

उनले भनिन्,‘सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन्। यो सत्य हो। संसद र सरकार एक राजनीतिक परिवेशबाट उदाउने संस्थाहरु हुन्। पछिल्लो समय अदालतमा एउटा अनौठो दृश्य देखिन थालेको छ। अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने, सुनुवाई गर्ने अनि सुनुवाइ सकेपछि जानकारी रहेनछ, जानकारी भएपछि मुद्दा हेरौंला भन्ने गरेको पाइन्छ। जबरजस्ती ढगंमा जानकारी दिएर पेल्न खोजिएको जस्तो देखिएको छ। यसले न्यायपालिकालाई कहाँ पुर्याउँछ ? जटिल प्रश्न खडा भएको महसुस भएको छ। सुचना दिएर मात्रै पेशी राख्ने हो। सुनुवाई सुरु भइसकेपछि आफ्नो पक्षले के बोल्यो भन्नेकुरा थाहा पाउनुपर्छ नत्र आफ्नो तर्क कसरी राख्न सक्छ त ? यो त प्रकृति न्यायको घोर अपमान भयो। यसरी एक पक्षीय रुपमा अगाडि बढाइएका न्यायिक प्रक्रियाको वस्तुमाथि नै प्रहार हो यो। सुनुवाई निष्पक्ष हुनपर्छ। निष्पक्ष देखिने कोसिस गर्ने, निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने हो।’

त्यस्तै उनले पूर्वन्यायाधीशहरुको फोरमले न्यायपालिका कै शैलीमाथि प्रश्न उठाउनपर्ने बेला आएको पनि तर्क राखिन्। त्यस्तै सांसद गौतमले न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या हुँदै गएको भन्दै त्यसको जागरुक प्रतिरोध गर्नुपर्ने बताइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *