उपसमितिद्वारा विद्यालय शिक्षा विधेयक प्रतिवेदन समितिमा पेस

डिसी नेपाल
४ जेठ २०८२ १६:३०

काठमाडौं । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको हो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेकोमा उक्त उपसमितिले आज प्रतिवेदन बुझाएको छ।

२०८१ चैत ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो।

सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *