नेताहरूलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
४ जेठ २०८२ १८:५१
56
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्।

आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए।

उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो। र त्यो बाट राज्य सञ्चालन गर्ने हो। म अहिले यहाँको मुख्यमन्त्री छु। मैले भन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरुले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा। यहाँ व्यक्ति र राजनीतिलाई गालि गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केहि कुरा सुधार्न सकिँदैन। सक्षम र गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ। नभएका कामहरु गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो। तब मात्रैa नेपाल बन्न सक्छ।’

त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे।

सबै सकारात्मक कामहरु गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ।

उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन। नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं। हाम्रै पालामा राम्रो गर्न सक्छौं। हामी सबै सकारात्मक कामहरु गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *