नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले लिए सुदूरपश्चिम वनमन्त्रीको शपथ
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन्।
आइतबार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबीच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाए। नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य रहेका छन्। नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) बाट ११, नेकपा (माओवादी केन्द्र) बाट ११, नेकपा (एकीकृत समाजवादी) बाट ४, तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment